काठमाडौं । अमेरिकाको लुइजियानास्थित श्रेवेपोर्टमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको छ। मृतकहरू १ देखि १४ वर्ष उमेर समूहका रहेका छन्।
प्रहरीका अनुसार घरेलु विवादका कारण एक आक्रमणकारीले १० जनामाथि गोली चलाएका थिए। पछि प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ।
मेयर टाम आर्सेनोले घटनालाई सहरकै सबैभन्दा दुःखद घटनामध्ये एक भएको बताएका छन्।


