काठमाडौं । लंका प्रिमियर लिग (एलपीएल) सिजन ६ मा तीन नेपाली क्रिकेटरले स्थान बनाएका छन्।
दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने लाई जाफना किंग्सले टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेल लाई कोलम्बो क्याप्सले एसोसिएट स्टारका रूपमा अनुबन्ध गरेको छ।
तीन नेपाली खेलाडीको सहभागिताले अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा नेपाली प्रतिभाप्रतिको बढ्दो विश्वास र पहिचानलाई थप मजबुत बनाएको छ।


