काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा समसामयिक राजनीति, अध्यादेश विवाद र जिल्लागत मुद्दाबारे छलफल भएको छ।
सभापति रवि लामिछाने ले बोलाएको बैठकमा सांसदहरूले सरकारको काम, संसदीय अभ्यास र जनचासोका विषयमा जिज्ञासा राखेका छन्।
बैठकमा करिब २५ जना सांसदले धारणा राख्ने क्रम जारी रहेको बताइएको छ।


