काठमाडौं। नेपाली कांग्रेस का नेता गगन थापाले सरकारले आफ्नै बहुमत भएको संसद्प्रति विश्वास नगरेको आरोप लगाएका छन्।
उनले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु जनप्रतिनिधि र नागरिकप्रति अपमान भएको बताएका छन्। साथै ‘पेलेर जाने’ सोचले देशलाई समस्या हुने चेतावनी दिएका छन्।
थापाले सरकारलाई मार्ग सच्याउन सुझाव दिँदै हेपाहा प्रवृत्ति स्वीकार नगर्ने स्पष्ट पारेका छन्।


