Friday, June 05, 2026
Home > मुख्य समाचार > रास्वपा सचिवालय बैठक आज, संगठन र महाधिवेशनमा केन्द्रित

रास्वपा सचिवालय बैठक आज, संगठन र महाधिवेशनमा केन्द्रित

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ।

बैठकमा संगठन सुदृढीकरण, जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन र विभिन्न आयोग तथा सल्लाहकार परिषद् गठनका विषयमा छलफल हुनेछ।

साथै, आगामी महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन मस्यौदा समिति गठन र नयाँ योजनाहरू अघि बढाउने एजेन्डा पनि तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *