काठमाडौं — बालेन्द्र शाह ले अवहेलना मुद्दामा आफैं उपस्थित हुनु शक्ति पृथकीकरणको सिद्धान्तविरुद्ध हुने दाबी गरेपछि सर्वोच्च अदालत ले वारेस राख्न अनुमति दिएको हो।
अदालतले प्रधानमन्त्रीको वर्तमान भूमिका र जिम्मेवारीलाई ध्यानमा राख्दै सहसचिव लिलाधर सुवेदीलाई वारेसका रूपमा स्वीकार गरेको हो।
यसअघि अस्वीकार गरिएको माग यसपटक स्वीकृत भएसँगै अब सुवेदीले बालेनको तर्फबाट मुद्दाको तारिख सम्हाल्ने छन्।


