Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रेडक्रस अध्यक्ष उम्मेदवार शुल्क ५१ हजार, संरचना पाँच तहमा पुनर्गठन

रेडक्रस अध्यक्ष उम्मेदवार शुल्क ५१ हजार, संरचना पाँच तहमा पुनर्गठन

काठमाडौं — नेपाल रेडक्रस सोसाइटी ले अध्यक्ष पदका उम्मेदवारका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ। संशोधित निर्वाचन नियमावलीअनुसार केन्द्रीय पदाधिकारीका लागि ३५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ निर्धारण गरिएको छ।

विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समितिले विधान संशोधन गर्दै संस्थाको संरचना पाँच तह (केन्द्रदेखि उपशाखासम्म) मा राखेको छ। केन्द्रीय समिति अब १९ सदस्यीय हुनेछ।

महामन्त्री मीनबहादुर मल्लका अनुसार केन्द्रीय महाधिवेशन असारको मध्यतिर गर्ने तयारी भइरहेको छ। साथै प्रदेश, जिल्ला र पालिका तहका उम्मेदवारका लागि पनि छुट्टाछुट्टै शुल्क तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *