Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी

उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी

काठमाडौं — उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दर्ता गरेकी छन्।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने भएकाले रास्वपाले अन्य ठूला दललाई समर्थन नगर्ने संकेतपछि राप्रपासँग संवाद बढेको हो। यसक्रममा रवि लामिछाने र ज्ञानेन्द्रबहादुर शाहीबीच छलफल भएको बताइएको छ।

उता श्रमसंस्कृति पार्टीले पनि उम्मेदवारी दिने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *