रौतहट — मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित नागरिकहरू न्याय नपाएको गुनासो गर्दै पुनः सडक आन्दोलनमा उत्रिएका छन्। उनीहरूले साहू–महाजनको ज्यादती, धम्की र तमसुक फिर्ता नदिने समस्यामा प्रहरी, प्रशासन र अदालतबाट समेत सहयोग नपाएको आरोप लगाएका छन्।
चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरूले आर्थिक मात्र नभई सामाजिक रूपमा पनि ठूलो असर परेको बताएका छन्। चन्द्रपुर–४ का एक पीडितले ५ लाख ऋण लिएर २७ लाखसम्म तिर्दा पनि कागज फिर्ता नपाएको गुनासो गरे।
पीडितहरूले यस्ता मिटरब्याजीविरुद्ध कडा कारबाही र न्यायको माग गर्दै संघर्ष जारी राख्ने बताएका छन्।


