Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ६ महिना ६ दिनमै उद्योगमन्त्री सिन्हा बिदा

६ महिना ६ दिनमै उद्योगमन्त्री सिन्हा बिदा

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा बुधबार मन्त्रालयबाट बिदा भएका छन्। प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै उनको कार्यकाल सकिएको हो।

६ महिना ६ दिन मन्त्री रहेका सिन्हाले उद्योग मन्त्रालयसँगै कानुन, संस्कृति तथा पर्यटन र पछिल्लो समय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए।

गत २७ भदौमा प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएपछि उनी सरकारमा सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *