काठमाडौं, जेठ २० — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासकै ठूलो धक्का र पराजय भोगेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले हालको अवस्थाबाट शिक्षा लिएर आन्दोलन पुनः सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। जनताको विश्वास, कार्यकर्ताको सक्रियता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर पार्टी फेरि मजबुत बन्ने उनको भनाइ थियो।


