काठमाडौं, जेठ २० — नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीस्वरूप जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अभ्यास खेलहरू जुलाई १३ र १५ मा जर्सीमा हुनेछन्। त्यसपछि नेपालले जुलाई २१ देखि ३१ सम्म नेदरल्यान्ड्समा हुने लिग–२ शृंखलामा नामिबिया र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।


