काठमाडौं, जेठ २० — बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ।
नेपालले गीता रानाको गोलमार्फत अग्रता लिए पनि बंगलादेशले बराबरी गोल फर्काएको थियो। खेलको इन्जुरी समयमा सागोरिकाले निर्णायक गोल गरेपछि नेपाल फाइनल पुग्नबाट वञ्चित भयो। लगातार दुई संस्करणको विजेता बंगलादेश भने फाइनलमा पुगेको छ।


