प्रधानमन्त्री बालेन्द्र शाहले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको सीमा विवाद वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन्।
प्रतिनिधिसभामा उठेको प्रश्नको जवाफ दिँदै उनले भारत र चीनसँग ‘टेबल टक’ मार्फत समस्या समाधान गर्ने प्रक्रिया अघि बढाइएको र आवश्यक कूटनीतिक संवाद भइरहेको स्पष्ट पारे। उनले इंग्ल्यान्डसँग पनि ऐतिहासिक सन्दर्भमा छलफल भइरहेको उल्लेख गरे।


