Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं– गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार दायर गरेको मुद्दामा पौडेलले करिब २ करोड ५८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ।

उक्त रकम लुकाउन सहयोग गरेको आरोपमा उनकी पत्नी हुमा कुमारी उपाध्यायसहित जमुना कुमारी रोकाक्षेत्री, हरीप्रसाद पौडेल र शान्ति दराईविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *