Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कम्बोडियामा अलपत्र नेपालीको संख्या बढ्दो, तीन सातामा १३१ को उद्धार

कम्बोडियामा अलपत्र नेपालीको संख्या बढ्दो, तीन सातामा १३१ को उद्धार

काठमाडौं — बैंककस्थित नेपाली दूतावास ले कम्बोडियाबाट थप ८ नेपालीको उद्धार गरेको छ। यससँगै पछिल्लो तीन सातामा उद्धार गरिएका नेपालीको संख्या १३१ पुगेको छ।

दूतावासका अनुसार अधिकांश नेपाली बिनाभिसा बसिरहेका थिए र एजेन्टको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए। उनीहरूलाई अनलाइन ठगी, क्यासिनो लगायत गैरकानुनी काममा लगाइएको थियो।

गैरआवासीय नेपाली संघ र स्थानीय निकायको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ। अझै धेरै नेपाली अलपत्र रहेको र उद्धार जारी रहेको छ।

पछिल्ला वर्षमा भिजिट भिसामा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। दूतावासले श्रम स्वीकृति बिना वैदेशिक रोजगारीमा नजान र प्रलोभनमा नपर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *