एजेन्सी — डोनाल्ड ट्रम्प ले अमेरिका–इरान वार्ताको नतिजाप्रति आफू चिन्तित नभएको बताएका छन्।
ह्वाइट हाउस बाहिर पत्रकारसँग कुरा गर्दै उनले अमेरिका कुनै पनि सम्भावित द्वन्द्वका लागि तयार रहेको र सैन्य क्षमतामा अग्रस्थानमा रहेको दाबी गरे।
यसैबीच जेडी भान्स ले इस्लामाबादमा भएको वार्तामा कुनै ठोस सहमति नभएको जानकारी दिएका छन्।


