Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विद्यालयले सांसद पोखरेलसँग माफी माग्यो

विद्यालयले सांसद पोखरेलसँग माफी माग्यो

काठमाडौं, १५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले एक प्रधानाध्यापकलाई थर्काएको घटनामा उल्टै विद्यालयले माफी मागेको छ। विद्यालयका अध्यक्ष टेकबहादुर बुढाथोकी र प्रधानाध्यापक सन्तबहादुर मगरले विज्ञप्ति जारी गरी सांसदसँग क्षमा याचना गरेका छन्।

विज्ञप्तिमा भनिएको छ कि १० वैशाखमा सांसद पोखरेल विद्यालयको शैक्षिक गतिविधि बुझ्न आएका थिए, तर प्रधानाध्यापक मगर विद्यालयका समस्याहरू टिपोट गर्दै व्यस्त थिए। सांसदको आगमन जानकारी नगरी हतारिँदै बाहिर निस्किँदा सांसद पोखरेल विद्यालयबाट बाहिर निस्केका थिए। त्यसपछि प्रधानाध्यापकले सांसदसँग माफी मागे र सौहार्दपूर्ण वातावरणमा छलफल गरिएको जानकारी दिइएको छ।

विद्यालयले सांसदको मान–मर्यादामा पुगेको आघातको लागि पुनः क्षमा याचना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *