काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसअनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले पठाएका अन्य अध्यादेशमध्ये हालसम्म यही एक मात्र स्वीकृत भएको छ।


