काठमाडौं। विभिन्न जिल्लामा सुकुमबासी बस्तीको विवरण मागिएको विषयमा नेपाली सेना ले विपद् पूर्वतयारीका लागि मात्रै तथ्यांक संकलन गरिएको स्पष्ट पारेको छ।
थापाथलीलगायत काठमाडौँका बस्ती हटाइएपछि बर्दिया र उदयपुरका स्थानीय निकायसँग पनि सुकुमबासी विवरण मागिएको थियो, जसपछि सेनामाथि आलोचना भएको थियो।
सेनाका प्रवक्ताले नदी किनार र जोखिमयुक्त क्षेत्रको अद्यावधिक तथ्यांक संकलन गरेर विपद् व्यवस्थापन र उद्धार योजना प्रभावकारी बनाउन यो काम गरिएको बताएका छन्।


