Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा भारतीय युवक मृत फेला

विराटनगरमा भारतीय युवक मृत फेला

विराटनगर । विराटनगरमा सोमबार बिहान एक युवक मृत फेला परेका छन्।

राजु गणेश कामत (३४), भारतीय नागरिक, विराटनगर–३ स्थित डिभिजन वन कार्यालय नजिकको फलैँचामा मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। मृत्युको कारण खुलेको छैन भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *