Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा साकेला उत्सव, किरात समुदायको उल्लासपूर्ण सहभागिता

विराटनगरमा साकेला उत्सव, किरात समुदायको उल्लासपूर्ण सहभागिता

विराटनगर — किरात राई समुदायको प्रमुख सांस्कृतिक पर्व उँभौली (साकेला) आज विराटनगरमा धुमधामका साथ मनाइएको छ। विराटनगर–११ स्थित साकेला थानमा पूजाआजा तथा परम्परागत नृत्य कार्यक्रम आयोजना गरिएको थियो।

किरात समुदायका मानिसहरू परम्परागत भेषभूषामा सजिएर ‘साकेला सिली’ नृत्य प्रस्तुत गर्दा वातावरण उल्लासमय बनेको थियो। बाली राम्रो होस् र प्राकृतिक विपत्ति नआओस् भन्ने कामनासहित पूजा गरिएको जनाइएको छ।

उँभौली पर्व देशभरका किरात बस्तीहरूमा पनि श्रद्धा र उत्साहका साथ मनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *