काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई विद्युत् खपत बढाउन पीपीए खुला गर्ने नीति ल्याउन सुझाव दिएको छ।
अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले उद्योगमैत्री ऊर्जा नीति, निजी क्षेत्रलाई विद्युत् व्यापार अनुमति र जीवाश्म इन्धनको विकल्पका रूपमा विद्युत् प्रयोग बढाउन आग्रह गरेको छ।
मन्त्री श्रेष्ठले निजी क्षेत्रसँग सहकार्य गर्दै आन्तरिक खपत र विद्युत् निर्यात बढाउने दिशामा सरकार काम गरिरहेको बताएका छन्।


