Friday, June 05, 2026
Home > विराटनगर समाचार > जीर्ण अवस्थाको विराटनगर जुटमिल पुनः सञ्चालन असम्भवजस्तै, २ अर्ब लागतको अनुमान

जीर्ण अवस्थाको विराटनगर जुटमिल पुनः सञ्चालन असम्भवजस्तै, २ अर्ब लागतको अनुमान

विराटनगर । झन्डै एक दशकदेखि बन्द रहेको विराटनगर जुटमिल खिया लागेको मेसिन, भत्किएको संरचना र पुरानो व्यवस्थापनका कारण तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको छ।

विशेषज्ञका अनुसार मिललाई पुनः चलाउन कम्तीमा १.५ देखि २ अर्ब रुपैयाँसम्म लगानी आवश्यक पर्ने देखिएको छ। पुराना मेसिन प्रतिस्थापन र संरचना पुनर्निर्माण बिना उत्पादन सम्भव नरहेको बताइएको छ।

यससँगै दक्ष जनशक्ति अभाव, मजदुर तलब बक्यौता र जग्गा अतिक्रमणजस्ता समस्या थप चुनौती बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *