Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगर मा पत्नी हत्या प्रकरण : श्रीमान् पक्राउ

विराटनगर मा पत्नी हत्या प्रकरण : श्रीमान् पक्राउ

विराटनगर – मोरङको विराटनगरमा एक युवकले आफ्नै पत्नीको हत्या गरी शव लुकाएको घटना सार्वजनिक भएको छ।

प्रहरीका अनुसार रोशन साह ले ३२ वर्षीया पत्नी कोमलकुमारी साह को घाँटी थिचेर हत्या गरी शवलाई कल्भर्टमुनि पानीभित्र फालेका थिए।

घटनापछि उनले पत्नी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। तर अनुसन्धानका क्रममा उनको संलग्नता खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनालाई योजनाबद्ध हत्या भन्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *