इटहरी – सुनसरीको इटहरी–६ स्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा भीषण आगलागी भएको छ।
आगलागीको कारण खुल्न नसकेको अवस्थामा वरपरका घरहरू जोखिममा परेका छन्।
प्रहरीका अनुसार आगो नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीयवासी खटिएका छन् भने थप विवरण आउन बाँकी छ।


