विराटनगर — ३८औं विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाईज युनाइटेड र एपीएफ क्लब बीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ६ बजे सुरु हुने आयोजकले जनाएको छ।
यसअघि उद्घाटन खेलमा झापा–११ ले त्रिभुवन आर्मी क्लब लाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ।


