मोरङ — ३८औँ विराट गोल्डकपको तयारी पूरा भएको आयोजकले बुधबार घोषणा गरेको छ।
टिकट दर यसपटक घटाइएको छ: लिग खेल १०० रुपैयाँ, सेमिफाइनल २०० रुपैयाँ, फाइनल ३०० रुपैयाँ र सिजनल टिकट १,००० रुपैयाँ।
प्रतियोगिता चैत २८ देखि बैशाख ५ सम्म ८ टोली सहभागी हुनेछन्, जसमा तीन विभागीय र एक भारतीय टिम छन्। उद्घाटन कोसी प्रदेश सरकारका मन्त्री भीम पराजुलीले गर्नेछन्।


