Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विश्व बैंकबाट ‘बृहत्तर लुम्बिनी क्षेत्र’ विकासका लागि ८५ मिलियन डलर ऋण

विश्व बैंकबाट ‘बृहत्तर लुम्बिनी क्षेत्र’ विकासका लागि ८५ मिलियन डलर ऋण

काठमाडौँ — सरकारले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट करिब ८५ मिलियन अमेरिकी डलर (१२ अर्ब ६३ करोड नेपाली रुपैयाँ)को सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।

परियोजनाअन्तर्गत रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक स्थलमा विकास कार्य हुने छ। परियोजना सहरी विकास र पर्यटन मन्त्रालयमार्फत कार्यान्वयन हुनेछ र कार्यान्वयन इकाई भैरहवामा राखिने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *