Friday, June 05, 2026
Home > स्थानीय समाचार > SEE परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

SEE परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

इनरुवा, चैत २४ – सुनसरीको भोक्राहानरसिंह गाउँपालिका स्थित पृथ्वी माध्यमिक विद्यालयमा आयोजित माध्यमिक शिक्षा परीक्षा (SEE) अन्तर्गत सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी फेला परेकी छन्।

मंगलबार बिहान करिब १०:१५ बजे शिक्षा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले जामिआ इस्लामिया विद्यालयकी परीक्षार्थी सलमा अजहरको स्थानमा परीक्षा दिइरहेकी २० वर्षीया नुसरत बानो फेला पारी नियन्त्रणमा लिइन्। शंका भएपछि जाँच गर्दा नुसरत बानो नक्कली परीक्षार्थी रहेको पुष्टि भएको थियो।

प्रहरीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *