पर्सा । वीरगन्जमा एक प्रहरी जवानको हत्या भएको छ। सप्तरीमा कार्यरत २८ वर्षीय प्रहरी जवान विकास चौरसिया धारिलो हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उपचारका क्रममा नारायणी अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका सन्तोष साह र उनकी पत्नी सोनी साह, बाराका विशाल साह तथा भारतीय नागरिक कन्हैया कुमार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


