वीरगन्ज (पर्सा): संघीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरपालिका अन्तर्गत राजमार्गमा मालवाहक सवारीसाधनसँग अवैध कर असुली भइरहेको आरोप लागेको छ।
राजमार्गमा ढाट राखेर सवारी व्यवस्थापन शुल्क र कवाडी कर उठाइएको भन्दै व्यवसायी र सांसदहरूले आपत्ति जनाएका छन्।
यस विषयमा संघीय सांसदहरूले कडा कारबाहीको माग गर्दै अवैध कर संकलन तत्काल रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


