काठमाडौँ: सरकारले यस वर्षको एसइई परीक्षा को नतिजा आगामी वैशाख २९ गते सार्वजनिक गर्ने तयारी गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार उत्तरपुस्तिका परीक्षण देशभरका परीक्षा केन्द्रमै सञ्चालन भइरहेको छ। परीक्षा सकिएलगत्तै ती केन्द्रलाई परीक्षण केन्द्रमा रूपान्तरण गरिएको छ।
प्रणालीअनुसार एक महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यसहित काम तीव्र गतिमा अघि बढाइएको र केही जिल्लाबाट मार्कस्लिप केन्द्रमा आइसकेको जनाइएको छ।


