व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतले प्रहरीको अनुसन्धान अपूरो रहेको भन्दै हिरासत म्याद थप गरेको हो। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले गत बिहीबार नियन्त्रणमा लिएको थियो।
धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक प्रतिवेदनमा नाम आएपछि उनी अनुसन्धानमा तानिएका हुन्। सोही घटनापछि उनले हिमालय रि इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
अदालतले अनुसन्धान अघि बढाउन अनुमति दिँदै उनको स्वास्थ्य उपचारमा ध्यान दिनसमेत निर्देशन दिएको छ।


