काठमाडौं जिल्ला अदालतले एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।अदालतले अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई जनही ५० हजार तथा अन्य आठ जनालाई जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीहरूमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दायर गरिएको थियो।


