Tuesday, July 21, 2026
Home > खेलकुद समाचार > शेख दाजुभाइको उत्कृष्ट प्रदर्शन, ओमानलाई २५७ रनको लक्ष्य

शेख दाजुभाइको उत्कृष्ट प्रदर्शन, ओमानलाई २५७ रनको लक्ष्य

काठमाडौं — आईसीसी विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित टियु मैदानमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा २५६ रन बनायो। आसिफ शेखले ९४ रनको उत्कृष्ट पारी खेले भने आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै ४३ रन जोडे।

अर्जुन कुमालले ४८ र दिपेन्द्र सिंह ऐरीले ३३ रन योगदान दिए। अन्य खेलाडीले सानो स्कोरमै विकेट गुमाउँदा नेपाल मध्यम लक्ष्यमा सीमित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *