Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संविधान सुधारका लागि आयोग बनाउन केसीको प्रस्ताव

संविधान सुधारका लागि आयोग बनाउन केसीको प्रस्ताव

काठमाडौं । अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीश वा संविधानविद्को नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन गर्न प्रस्ताव गरेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक पक्षलाई समेटेर संविधानबारे राष्ट्रिय बहस आवश्यक रहेको बताए।

केसीले संविधान कुनै एक दलको इच्छाअनुसार नभई राष्ट्रिय सहमतिका आधारमा सुधार हुनुपर्ने धारणा राख्दै देशलाई द्वन्द्वबाट जोगाउन राष्ट्रिय एकताको आवश्यकता औँल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *