खगेन्द्र सुनुवार ले संसद भवनमा रिपोर्टिङ गर्ने पत्रकारका लागि खानेपानी र आधारभूत सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पत्रकारहरू गेटबाहिर बस्नुपर्ने अवस्था रहेको भन्दै पानी, शौचालय र वर्षाबाट जोगिने व्यवस्था आवश्यक रहेको बताए।
सुनुवारले यस्तो अवस्था अन्तर्राष्ट्रिय स्तरमा लाजमर्दो हुने भन्दै तत्काल सुधार गर्न ध्यानाकर्षण गराएका छन्।


