सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच थप १७ लाख सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने सम्झौता भएको छ। यसअघि १२ लाख लाइसेन्स छाप्ने प्रक्रिया अघि बढिसकेको थियो।
सम्झौताअनुसार असार मसान्तभित्र सबै लाइसेन्स छापेर हुलाकमार्फत सम्बन्धित कार्यालयमा पठाइनेछ। केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ।
सरकारले लाइसेन्स घरघरमै पुर्याउने व्यवस्था गर्ने लक्ष्यसहित हुलाक सेवालाई ‘गभर्मेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने योजना अघि बढाएको छ।


