कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले सर्वोच्च अदालत प्रशासनले न्यायिक निवेदन दर्ता नगरेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले दरपीठ गरिएका र अन्य रिट निवेदनहरू रोकिँदा न्यायमा पहुँच अवरुद्ध भएको र कानुनी शासनको उल्लङ्घन भएको बताएकी छन्।
मल्लले प्रशासनलाई सबै निवेदन एक बजेभित्र दर्ता गरी पेशीमा चढाउन र न्यायिक प्रक्रिया अवरोध नगर्न स्पष्ट निर्देशन दिएकी छन्।


