श्रम संस्कृति पार्टी का सांसदहरूले प्रतिनिधिसभा बैठकका क्रममा संसद्भित्रै विरोध प्रदर्शन गरेका छन्।
सोमबार बैठक सुरु हुनेबित्तिकै उनीहरू वेलमा पुगेर पर्चा देखाउँदै सभामुख डोलप्रसाद अर्याल प्रति ध्यानाकर्षण गराएका थिए।
सांसदहरूले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नभएको आरोप लगाउँदै पर्चा प्रदर्शन गरेका हुन्। पछि सभामुखले संसदीय मर्यादा कायम राख्दै विरोध गर्न निर्देशन दिएका थिए।


