काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले संसद्मा नेपालीबाहेकका भाषामा बोलेका अभिव्यक्तिहरू पनि दस्तावेजीकरण गर्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा उनले आफू डोटेली भाषामा बोल्न चाहेको तर अभिलेखन नहुने अवस्थाका कारण नसकेको बताएका छन्। उनले मैथिली भाषामा अभिव्यक्ति दस्तावेजीकरण भएको उदाहरण दिँदै सबै भाषालाई समेट्ने व्यवस्था गर्न आग्रह गरेका छन्।


