Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मानव अधिकार आयोग कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित, सभामुख प्रमुख अतिथि

मानव अधिकार आयोग कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित, सभामुख प्रमुख अतिथि

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगको स्थापना दिवस कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित भएपछि सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथि बनेका छन्।

आयोग स्रोतका अनुसार प्रधानमन्त्रीले आफू आउन असमर्थ रहेको जनाउँदै कानुनमन्त्रीलाई सहभागी गराउन सुझाव दिएका थिए। त्यसपछि सभामुखलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको हो।

आयोगले आफ्ना सिफारिसहरूको कार्यान्वयन कमजोर रहेको भन्दै सरकारप्रति असन्तुष्टि पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *