Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सभामुखको बैठकमा श्रम संस्कृति नबोलाइएको हर्क साम्पाङको दाबी

सभामुखको बैठकमा श्रम संस्कृति नबोलाइएको हर्क साम्पाङको दाबी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सभामुख डोलप्रसाद अर्यालले बोलाएको बैठकमा आफ्नो पार्टीलाई आमन्त्रण नगरिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले बैठकबारे कुनै जानकारी वा निमन्त्रणा नआएको भन्दै आपत्ति जनाएका छन्। “हाम्रो पार्टीलाई जानकारी दिइएन, नबोलाइयो,” भन्दै उनले मिडियालाई तथ्य बुझेर समाचार दिन आग्रह गरेका छन्।

सोमबार सिंहदरबारमा सभामुख अर्यालले सत्ता र विपक्षी दलका सचेतकहरूसँग समसामयिक विषयमा छलफल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *