सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले दीपक भट्ट र सुलभ अग्रवाल को घर तथा कार्यालयमा छापा मारेर सिल गरेको छ।
छापामार कारबाहीका क्रममा करिब १० वटा विलासी गाडी, मोबाइल, कम्प्युटर र महत्वपूर्ण कागजात जफत गरिएको छ। साथै, उनीहरूसँग सम्बन्धित हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा पनि अनुसन्धान गरिएको छ।
सम्पत्ति शुद्धीकरण र आर्थिक अनियमितताको आशंकामा दुवै जना हाल प्रहरी हिरासतमा छन् र थप अनुसन्धान जारी रहेको छ।


