काठमाडौं । सरकारले आगामी वैशाख २८ गते संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।
उक्त दिन अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त संसद् बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसअघि दुवै सदनको छुट्टाछुट्टै बैठक बस्नेछ।
मन्त्रिपरिषद्को निर्णयअनुसार अघि बढाइएको कार्यक्रमपछि बजेट पूर्व छलफल प्रक्रिया सुरु हुने संसद् सचिवालयले जनाएको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।


