काठमाडौं । सरकारले देशभरका सुकुम्वासी बस्ती हटाउनेबारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकमा यस विषयमा कुनै छलफल वा निर्णय नभएको बताए।
प्रधानमन्त्री बालेन शाहले सुकुम्वासी बस्ती हटाउने निर्देशन दिएको चर्चा भइरहेका बेला सरकारले औपचारिक निर्णय नभएको स्पष्ट गरेको हो।


