काठमाडौँ । सरकारले डिजेल र पेट्रोल गाडीलाई बिजुलीमा परिवर्तन गर्न आवश्यक कानुनी प्रावधान तयार गर्ने निर्णय गरेको छ।
अहिले पुराना गाडीलाई पनि विद्युतीय बनाउँदा दर्ता, नवीकरण र प्राविधिक मापदण्ड स्पष्ट हुनेछन्। यसले इन्धनमा निर्भरता घटाउन, स्वच्छ ऊर्जा प्रयोग बढाउन र वातावरणीय प्रदूषण कम गर्न मद्दत गर्ने अपेक्षा छ।


