Friday, June 05, 2026
Home > मुख्य समाचार > सरकारले मन्त्रालय घटाउने तयारी, संख्या १७ मा सीमित गर्ने प्रस्ताव

सरकारले मन्त्रालय घटाउने तयारी, संख्या १७ मा सीमित गर्ने प्रस्ताव

काठमाडौं – सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर १७ मा सीमित गर्ने तयारी गरेको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकमा मन्त्रालय पुनर्संरचनाको खाका पेस गरिँदैछ।

प्रस्ताव अनुसार हालका चार मन्त्रालय खारेज गरिने र छ वटा मन्त्रालयको संरचना परिवर्तन गरिनेछ। युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी छ।

खेलकुदलाई शिक्षा मन्त्रालयसँग गाभिने, खानेपानी र सहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा समेटिने तथा विभिन्न सामाजिक क्षेत्रलाई एकीकृत गरी नयाँ मन्त्रालय बनाइने योजना छ।

केही क्षेत्रहरू जस्तै सूचना–प्रविधि, विज्ञान–प्रविधि र गरिबी निवारणलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने प्रस्ताव पनि गरिएको छ। सरकारले यसलाई प्रशासनिक सुधार र संरचनागत कार्यक्षमता बढाउने कदमका रूपमा अघि सारेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *