Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारी अस्पतालका जग्गा अतिक्रमण हटाउन मन्त्रालयको कडा निर्देशन, २२ अस्पताललाई पत्राचार

सरकारी अस्पतालका जग्गा अतिक्रमण हटाउन मन्त्रालयको कडा निर्देशन, २२ अस्पताललाई पत्राचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका २२ वटा संघीय अस्पताल र स्वास्थ्य संस्थाहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा संरक्षण गर्न कडा निर्देशन दिएको छ।

मन्त्रालयले कोशी अस्पतालसहित वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूति गृह र विभिन्न प्रतिष्ठानहरूलाई जग्गाको सिमाना यकिन गर्न, अतिक्रमण भएको भए हटाउन प्रक्रिया अघि बढाउन तथा अनधिकृत संरचना पहिचान गर्न भनेको छ।

अतिक्रमण भेटिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरी हटाउने तथा भविष्यमा पुनः अतिक्रमण रोक्न घेराबार र कानुनी अभिलेख अद्यावधिक गर्न समेत निर्देशन दिइएको छ।

मन्त्रालयको यो कदम सरकारी अस्पतालको अर्बौं मूल्यका जग्गा संरक्षण र दीर्घकालीन पूर्वाधार विकासका लागि महत्वपूर्ण मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *